टी-२० विश्वकपमा घरेलु टोली अमेरिकाको सानदार विजयी सुरुआत

काठमाडाैं | जेठ २०, २०८१

टी-२० विश्वकपमा घरेलु टोली अमेरिकाको सानदार विजयी सुरुआत

काठमाडौं:     आइसिसी टी-२० विश्वकप २०२४ मा अमेरिकाले विजयी सुरुवात गरेको छ । डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो ।


क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो ।


जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए ।


ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२(२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे ।


क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १/१ विकेट लिएका थिए ।


त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।


यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए ।


अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए ।


अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् । विश्वकपको दोस्रो खेलमा आईतवार नै नेपाली समय अनुसार बेलुका ७:१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी भिड्ने छन् ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्